punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुवाको दाहासंस्कार गरेर फर्किंदा छोराको पनि मृत्यु

Chaupati
safha napa

डडेल्धुरामा आफ्ना बुवाको शव जलाएर फर्किएका एक छोराको घर नपुग्दै मृत्यू भएको छ । जिल्लाको आलितालमा गाउँपालिका–५ भावरमा बस्दै आएका ७५ वर्षीय भक्तबहादुर रोकाको शव जलाएर घर फर्किने क्रममा उनका छोरा शेरबहादुरको पनि मृत्यु भएको हो ।

असार ८ गते मंगलबार मृत्यु भएका भक्तबहादुरको काजक्रिया गर्न भारत बस्दै आएका उनका कान्छा छोरा शेरबहादुर बुधबार गाउँ आएका थिए ।

हेर्दा विरामी र कमजोर देखिने शेरबहादुर बुबाको अन्तिम सस्कार गरेर करिब ५० मिटर यता आउँदा अकस्मात आफैं ढलेको आफन्तहरुले बताएका छन्। समात्न जाँदा शेरबहादुरले आफन्तकै अँगालोमा प्राण छोडेको मलामी गएकाहरुले बताए । ७५ वर्षीय बुवा र ४५ वर्षीय छोरा दुवैको एकैदिन अन्तिम त भयो काजक्रिया कसरी गर्ने मृतकका आफन्तहरु अन्यौलमा रहेका छन ।
भारतको पिथौडागढमा मजदुरी काम गरेर दुई छोरा पढाइरहेका उनी पहिले देखिनै प्रेसर र जन्डिसका बिरामी रहेको परिवार स्रोतबाट खुलेको छ ।

आर्थिक अवस्था कमजोर भएका शेरबहादुरले उपचार गर्न नपाएको परिवारले बताएका छन् । अब भारतको पिथौडागढमा कक्षा १० मा पढ्दै आएका दुईवटै छोराको कसले स्याहार गर्ने भन्दै परिवार चिन्तामा छ । घटना सुनेपछि आलिताल गाउँपालिका– ५ का वडाध्यक्ष प्रकाशसिंह बोहराले आर्थिक सहयोगको लागि आफूले सक्दो पहल गर्ने बताएका छन् ।


१० असार २०७८, बिहीवार १२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु