punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा ढेड लाख मुल्य बराबरको अवैध सामान बरामद

Chaupati
safha napa

कञ्चनपुरमा भन्सार छली ल्याइएका अवैध सामान प्रहरीले बरामद गरेकाे छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएका पैदल सीमा गस्ति टोलिले भन्सार छली ल्याइएका अवैध सामान बरामद गरेको हो। 

निषेधाज्ञा उल्लघंन गरी अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको १ लाख २९ हजार मुल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ। 

भन्सार छली ल्याइएको प्लाष्टिक, ताल जाली, सुर्ती, बिडि र मोटरसाइकलसहितको सामान बरामद उनले बताए । 

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
 


१७ जेठ २०७८, सोमवार २०:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु