सोमबार सुदूरपश्चिममा कोरोनाबाट थप ५ जनाकाे मृत्यु
फाइल फोटो
सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५ जनाको मृत्यु भएको छ।
कैलालीका २ जना कञ्चनपुरका १ जना, बैतडी १ र बाजुराका १ जना गरी ५ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
यस्तैगरी पछिल्लो २४ घण्टामा ९१८ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ७६० नमुना पीसीआर तथा ५ वटा सीमानाकामा ८०२ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।
यी दुवै विधिबाट गरिएको परिक्षणमा १५६२ जनामा संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २८३ जनाको नमूना परीक्षण गर्दा ३८ जना, महाकाली अस्पतालमा ५५ नमूना परीक्षण गर्दा १० जना, डडेल्धुरान अस्पतालमा १८८ जनाको नमुना परीक्षण गर्दा ८१ जना, बैतडी अस्पतालमा ११४ जनाको नमुना परीक्षण गर्दा ९ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ८२ जनाको नमूना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २५ हजार ९९१ नमूना परीक्षण गर्दा ३९ हजार ४१९ जनामा संक्रमण पुष्टि भएको छ।
१७ जेठ २०७८, सोमवार २०:१० बजे प्रकाशित































