कञ्चनपुरमा थप काेराेना संक्रमणबाट ५ जनाको मृत्यु

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट  मृत्यु भएको छ ।  महाकाली अस्पतालमा उपचारका क्रममा थप ५ को मृत्यु भएको हाे ।  

जिल्लाको भिमदत्त १९ का ४९ बर्षिय पुरुष,भिमदत्त  १६ का ६० बर्षिया महिला, शुक्लाफाँटा १० का ५२ बर्षिय पुरुष,कृष्णपुर २ का ३५  बर्षिय पुरुष, र  कैलालीको गौरीगंगाका  ८ का ७६ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी गराइन ।

यस्तै आज जिल्लामा आज थप ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । थप १८९ जना संक्रमण मुक्त भएका छन् । 


१६ जेठ २०७८, आइतवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु