punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा एमाले ओली समूहका सांसदलाई सोधियो स्पष्टीकरण

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता प्रकाश शाहले ओली समूहका सांसद पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेका छन् ।

नेता शाहले संसदीय दलको निर्णयविरुद्ध बोलेको भन्दै बोहरालाई स्पष्टीकरण सोधिएका हुन् ।

गत जेठ १२ गते बोहराकै उपस्थितिमा भएको दलको बैठकबाट भएका निर्णयविरुद्ध सञ्चार माध्यममार्फत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण माग गरिएको स्पष्टीकरण पत्रमा भनिएको छ।

बोहरालाई संसदीय दलको बैठकले गरेका निर्णय कार्यान्वयनमा बाधा पु¥याउँदै गुटबन्दी गरेको, संसदीय दलका अन्य सदस्यलाई उक्साउने र भड्काउने काम गरेको, जनताको हितमा प्रभावकारी काम गर्न खोज्दा बाधा पु¥याएकोलगायतको आरोप लगाइएको छ ।

१६ गते साँझ ५ बजेसम्म चित्तबुझ्दो स्पष्टीकरण नआए संसदीय दलको विधान २०७७ अनुसार कारबाही हुने स्पष्टीकरणमा उल्लेख छ ।

दलको विधान, २०७७ को दफा १७ को खण्ड (ग) र खण्ड (घ) अन्तर्गत कर्तव्यको प्रतिकुल र विधानको दफा २४ को खण्ड (क), (ग) र (ङ) मा उल्लेखित दलको सदस्यको अनुशासनको व्यवस्थाको प्रतिकुल भएकोले तथ्यगत जवाफ पेस गर्न र जवाफ पेस नभएमा कारबाही गरिने पत्रमा उल्लेख छ ।

माओवादी नेतृत्वको प्रदेश सरकारबाट फिर्ता हुने पार्टीको स्थायी समिति र प्रदेश समितिको निर्णय विपरीत सुदूरपश्चिमको संसदीय दलले १२ जेठमा वर्तमान सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो । दलको बैठकमा ओली पक्षका सांसद बोहरा पनि सहभागी थिए । उनले दलका नेता शाहले एकलौटी गर्न खोजेको आरोप लगाएका थिए ।

ओली समूहको प्रदेश समितिले दलका नेतासमेत रहेका मन्त्री प्रकाश बहादुर शाह, पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई साधारण सदस्यबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

प्रदेश समितिले एमालेको तर्फबाट मन्त्री भएका तीन र राज्यमन्त्री भएका तीन जनालाई पनि स्पष्टीकरण सोधेको छ। जवाफ पेश भएको छैन ।

यसअघि ओली समूहले मन्त्रीबाट राजीनामा दिएका तीन सांसदलाई साधरण सदस्यबाट पनि हटाइसकेको छ ।


१६ जेठ २०७८, आइतवार ११:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु