बानका अध्यक्ष न्यौपानेको निधन

व्यवसायिक रेडियोहरुको छाता सङ्गठन ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको आज निधन भएको छ ।

४७ वर्षीय न्यौपानेलाई कोरोना संक्रमण भएको थियो । उनको ९ दिनदेखि विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

इटहरीबाट सञ्चालित रेडियो सप्तकोशीका सञ्चालक समेत रहेका न्यौपानेले नेपालमा एफ रेडियोको संस्थागत विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेक ाथिए । न्यौपाने विज्ञापन बोर्डका सदस्य समेत थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।


१४ जेठ २०७८, शुक्रवार ११:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु