punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३९१ बोरा अवैध रासायनिक मल बरामद

Chaupati
safha napa

बेदकोट नगरपालिका–७ झजपुराका चक्र फर्सवानको घरबाट प्रहरीले ३९१ बोरा रासायनिक मल बरामद गरेको छ। फर्सवानको घरमा अवैध रुपमा राखिएको डिएपी मल बिहीवार साँझ बरामद गरेको प्रहरीले बताएको छ।

उक्त मल भारतबाट अवैध रुपमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी गराए । उनले बरामद मलको मूल्य सात लाख ८२ हजार रुपैयाँ रहेको जानकारी गराए। बरामद मल  भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको उनले बताए । 


१४ जेठ २०७८, शुक्रवार ०८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु