कोरोना जित्ने बढ्दै, एकैदिन ८ हजार ८४८ जना संक्रमणमुक्त
नेपालमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यो संख्या एकैदिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार ७ हजार ८९० जना संक्रमणमुक्त भएका थिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१९ हजार ३५७ पीसीआर परीक्षणमा ८ हजार ५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।
८ जेठ २०७८, शनिवार १७:५८ बजे प्रकाशित













