सुनको मूल्य आज पनि घट्यो

बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोलाल ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


३० वैशाख २०७८, बिहीवार ११:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु