कोरोनाका कारण थप एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण डडेल्धुरामा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका – १० का ७३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

स्वासप्रस्वासमा गम्भीर समस्या देखिएपछि यही बैशाख २४ गते जोगबुढा अस्पतालमा भर्ना भएका उनको थप उपचारका लागी डडेल्धुरा अस्पताल जाने क्रममा बाटोमा मृत्यु भएको जोगबुढा अस्पतालका सुचना अधिकारी प्रकाश घिमिरेले बताए ।


२९ वैशाख २०७८, बुधवार १५:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु