punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अक्सिजन उपलब्ध गराइदिन निजी अस्पतालहरूको माग

Chaupati
safha napa

अक्सिजन आपूर्ति ठप्प हुन थालेको भन्दै सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले कोरोना बिरामीको उपचार गर्न नसकिने जनाएका छन् । निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन) ले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

‘अक्सिजन आपूर्ति पर्याप्त भएन भने कोभिडका बिरामी भर्ना लिन नसकिने अवस्था आएको सबैमा जानकारी गराउँछौं,’ अफिन सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

निजी अस्पतालहरूको उक्त संगठनले अक्सिजन सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाइदिन सरकारलाई अनुरोधसमेत गरेको छ ।

सरकारी अस्पतालहरू भरिभराउ भएपछि प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरूले संक्रमितको उपचारका लागि वार्ड सञ्चालन गरेका छन् । हाल सुदूरपश्चिमभरि अक्सिजनको चरम अभाव छ ।


२९ वैशाख २०७८, बुधवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु