कर्णाली मन्त्रिपरिषदमा दुई मन्त्री थपिँदै
कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् ।
सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेकाे मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी गराए।
मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
हालका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।
२९ वैशाख २०७८, बुधवार १४:१८ बजे प्रकाशित














