आँखै अगाडि मृत्युवरण गर्ने बढे, प्लेनबाट भएपनि अक्सिजन ल्याउ (भिडियोसहित)

प्रदेश सरकारसंग अस्पतालबाट काँग्रेस नेताको अपील

नेपाली काँग्रेस कैलालीका नेता नृप सुनारले कोरोना संक्रमितको मृत्युवरण रोक्न प्लेन चार्टर गरेर भएपनि अक्सिजन ल्याएर व्यवस्थापन गर्न अस्पतालबाटै अपील गरेका छन् ।

कोरोना संक्रमितको आफन्तको तीन दिनदेखि कुरुवाका रुपमा अस्पतालमै बसेका नेता सुनारले सामाजिक सञ्जाल फेसबुकबाट भिडियोमार्फत सुदूरपश्चिम प्रदेश सरकारसंग यस्तो अपील गरेका हुन् ।

आफ्नो आँखा अगाडि दैनिक संक्रमित बिरामीले मृत्युवरण गरिरहेको भन्दै यो भयावह अवस्था रोक्न अक्सिजनको व्यवस्थापन गर्न उनले हात जोडेरै यस्तो अपील गरेका छन् ।

‘सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई मेरो हार्दिक अनुरोध र अपील छ,’ उनले हात जोडेर भनेका छन्, ‘प्रदेशबासीकोे स्वास्थ्य भन्दा ठूलो अर्को विकास हुँदैन । अनेकन विकल्प अपनाएर भएपनि अक्सिजनको सहज आपूर्ति र व्यवस्थापन चाँडो भन्दा चाँडो गर्नुपर्छ । यो काममा तपाईलाई कसैले रोक्दैन ।’

उनले प्रयाप्त अक्सिजन भएका ठाउँबाट अक्सिजन ल्याउन आग्रह गरेका छन् । मुख्यमन्त्रीलाई आफ्नो कर्तव्यबाट विमुख नहुन सुझाव पनि उनले दिएका छन् । अक्सिजनको व्यवस्थापन गर्नसके मृत्युदर कम गर्न सकिने अवस्था रहेको उनको भनाई छ ।

साथै उनले कोरोना संक्रमण रोक्न सीमामा पनि कडाई गर्नुका साथै आइसोलेनको व्यवस्थापन गरेर थप भयावह अवस्था आउन नदिन पनि आग्रह गरेका छन् ।

प्रदेश सरकारलाई अपील :

 


२८ वैशाख २०७८, मंगलवार २०:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु