सेती प्रादेशिक अस्पतालमा २६५ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६६० जनाको परीक्षणमा गर्दा कैलालीका २६५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार जम्मा संक्रमितमध्ये धनगढी उपमहानगरपालिका भित्रका मात्रै १४२ जना छन् । कैलाली बाहेकका जिल्लाका १० जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

अस्पतालमा अहिले ५२ जना संक्रमितको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको छ । ५ जना भेन्टिलेटरमा छन् भने १४ जना आइसियुमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ जना निको भएका छन् भने ५ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।

पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ३ जना सङ्क्रमितको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


२८ वैशाख २०७८, मंगलवार १८:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु