कोरोना संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु, मृतकको संख्या ४ हजार नाघ्यो

कोरोना संक्रमणबाट नेपालमा आज एकैदिन २२५ जनाको मृत्यु भएको छ ।

नेपाली सेनाले आज २२५ जनाको शव व्यवस्थापन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।


२८ वैशाख २०७८, मंगलवार १८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु