कञ्चनपुरमा एकै दिन थप ११ जना संक्रमितको मृत्यु
कोरोना संक्रमणबाट कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। महाकाली अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले बताए।
उनका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ। अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन नसकिरहेको उनले बताए ।
अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उनले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए। जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हँुदै गइरहेको छ।
२८ वैशाख २०७८, मंगलवार १७:१६ बजे प्रकाशित












