धनगढीका व्यवसायी लम्सालको निधन

कोरोना संक्रमणबाट धनगढीका व्यवसायी नारायण लम्सालको निधन भएको छ।

कोरोना संक्रमित भई उपचार गराइरहेका लम्सालको उपचारका क्रममा सोमबार काठमाण्डौँमा निधन भएको हो।

धनगढीमा उपचार सम्भव नभएपछि उनलाई केही दिनअघि थप उपचारका लागि काठमाण्डौँको लगेर नोवेल होस्पिटलमा भर्ना गरिएको नेकपा एमाले कैलाली सहइन्चार्ज दिपक देवकोटाले जानकारी दिए।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य, नेकपा एमाले धनगढीका पूर्वनगर अध्यक्ष, कैलाली उद्योग वाणिज्य संघका पूर्व सचिव रहेका थिए।


२७ वैशाख २०७८, सोमवार १४:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु