टीकापुर अस्पतालमा थप ८ जनाको मृत्यु, दुई दिनमा १४ जनाले गुमाए ज्यान

कैलालीको टीकापुर अस्पतालमा आज थप आठ जनाको मृत्यु भएको छ । टीकापुर अस्पतालमा गएरातिदेखि अहिलेसम्म ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । अस्पतालमा हिजो ६ जनाको मृत्यु भएको थियो ।

टीकापुर अस्पतालमा उपचारका क्रममा टीकापुर नगरपालिकाका चार, जोशीपुर गाउँपालिकाका दुई जना र जानकी र बर्दगोरिया गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ का ५१ वर्षीया र ४५ वर्षीया महिला, वडा नम्बर ७ का ६० वषीया ७ का ६० वर्षीया महिला र ६७ वर्षका पुरुषको ज्यान गएको अस्पतालका मेसु डा. रेमकुमार राईले जानकारी दिए ।

उनकाअनुसार जोशीपुर गाउँपालिका १ का ५० वर्षका पुरुष र वडा नम्बर ५ का ६० वर्षका पुरुष र जानकारी गाउँपालिका–१ का ५८ वर्षका पुरुष र बर्दगोरिया गाउँपालिका–४ का ४५ वर्षका पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृतक सबैमा स्वासप्रश्वास र फोक्सोमा समस्या देखिनुका साथै अक्सिजनको मात्रा कम देखिएको मेसु डा. राईले बताए । उनले अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको र बरण्डामा राखेर उपचार भइरहेको बताए ।


२७ वैशाख २०७८, सोमवार १५:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु