सुनको मूल्य फेरि बढ्योे
सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ६ सय पुगेको छ । सुन हिजो प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्य बढेपनि चाँदी भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२३ वैशाख २०७८, बिहीवार ११:२३ बजे प्रकाशित













