punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशमा ८ संक्रमितको मृत्यु

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ८ संक्रमितको मृत्यु भएको छ । मंगलबार कञ्चनपुरमा २ जना, कैलालीमा ४ जना, बझाङमा १ जना र बर्दियामा १ जनाको मृत्यु भएको हो ।

८ जना मध्ये ५ जनाको एन्टिजेन पोजेटिभ आएको र ३ जनाको पिसिआर पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल सम्म प्रदेशमा १ सय ३४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कैलालीका मात्रै १ सय ३९जनामा संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरका १ सय ३१, बैतडीका ५२, डडेल्धुराका ४५, अछामका २८, डोटीका २६, बझाङका २३, दार्चुला र अन्य जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको हो ।


२१ वैशाख २०७८, मंगलवार २०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु