punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा भाेलि देखि ३१ गते सम्मका लागि निषेधाज्ञा

Chaupati
safha napa

डोटीमा भाेलि राति १२ बजेदेखि लागू हुने गरी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

सोमबार जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बसेको बैठकले निषेध आदेश जारी गर्ने निर्णय गरेको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी गराए ।

उनले निषेध आदेश कडाइका साथ लागू हुने पनि बताए। निषेध आदेशको समयमा अत्याआवश्यक सेवा बाहेकका अन्य यातायातका सम्पूर्ण साधन बन्द गरिने, खाद्यान्नका पसल नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी बिहान ६ बजे देखि ९ बजेसम्म र साँझ ५ बजे देखि ७ बजेसम्म खोल्न पाइने उनले बताए।

दुई नगरपालिका र सात गाउँपालिका रहेको डोटीमा हाल सक्रिय संक्रमितको संख्या दुई सय एक छ। एक सय ८७ जना होम आइसोलेसनमा छन् ।


२० वैशाख २०७८, सोमवार १७:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु