सुदूरपश्चिम प्रदेश प्रमुखबाट त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस

सरकारले सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा जारी बैठकले उनलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।उनी माओवादी केन्द्रनिकट हुन् ।

त्यस्तैगरी मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ । नवनियुक्त प्रदेश प्रमुखको केही बेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ ।


२० वैशाख २०७८, सोमवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु