हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान शुरु

कैलालीमा आज (शुक्रवार) देखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान शुरु भएको छ ।
स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीका अनुसार जिल्लाको १३ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान शुरु भएको छ ।

९ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधी औषधि सेवन अभियान १० दिन सम्म चल्ने कार्यालयका प्रमुख धामीले जानकारी गराए । ‘जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको उनले बताए ।

सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म निवारण हुन सकेको छैन् । ८ औँ पटक सम्म औषधी खुवाउदा समेत जिल्लामा हात्तीपाइले निवारण हुन नसकेकोले नवौं चरणको यस अभियानमा सबै जिल्लाबासीलाई सहभागी भैदिन आग्रह गरेका छौ ।’ जिल्लावासीहरुलाई हात्तीपाइलेको औषधि खाएर अभियान सफल बनाइदिन स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ ।


२० चैत २०७७, शुक्रवार १४:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु