थप १ सय ६७ जनामा कोरोना पुष्टि

थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार १सय ४० वटा पीसीआर परीक्षण गर्दा १सय ६७ मा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

त्यस्तैगरी, पछिल्लो २४ घण्टामा १ सय १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ ।

२४ घण्टामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ रहेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।

हाल क्वारेन्टिनमा ५३ जना छन् भने आइसोलेसनमा एक ३९० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


१७ चैत २०७७, मंगलवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु