मन्त्री सुबेदीले गीतबाटै भने, ‘भाषा, सँस्कृति जोगाऔं’ (भिडियोसहित)

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले भाषा, कला, सँस्कृतिनै समाज विकासको सम्वाहक भएको बताएका छन् ।

सुदूरपश्चिम बहुउद्देश्यीय मञ्च कैलालीको आयोजनामा शनिबार गोदावरी नगरपालिकाको ओलानीमा आयोजित होली विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले भाषा, कला, साहित्यको विकासका लागि सबैले लाग्नुपर्ने बताए ।

गीतबाटै आफ्नो धारणा राखेका मन्त्री सुबेदीले समाज परिवर्तन गर्न भाषा, कला, सँस्कृतिको विकास जरुरी रहेको बताए । समाजको विकासका लागि विगतदेखि मनाउँदै आएका सँस्कृतिलाई भुल्न नहुने उनको भनाई छ । पुर्खाले सुम्पेका राम्रा सँस्कृतिलाईहरुलाई भुल्न नहुने भन्दै मन्त्री सुबेदीले नराम्रा कार्यलाई सुधार गर्दै लैजानु पनि पर्ने बताए ।

मन्त्री सुबेदीले कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई गीतबाटै बधाई तथा सम्मान व्यक्त गरेका थिए । सो अवसरमा मन्त्री सुबेदीले सबैलाई होलीको शुभकामनासमेत दिए । स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विभिन्न साँस्कृति प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो ।


१४ चैत २०७७, शनिवार २०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु