संसदीय दलको बैठकमा खनाल, आफ्ना धारणा राखेर बाहिरिए
नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा नेता झलनाथ खनाल सहभागी भएका छन् ।
यस अघिका बैठकहरु बहिस्कार गर्दे आएको माधब नेपाल– झलनाथ खनाल पक्ष शुक्रबारको बैठकमा सहभागी भएको छ। बैठकमा नेता नेपाल र भीम रावल भने सहभागी भएनन् ।
तर नेता खनालसंग अन्य सांसदहरु सहभागी भएका थिए । कलकीमा बसेको नेपाल –खनाल पक्षको केन्द्रीय समितिको बैठकले दलको बैठकमा भाग लिने निर्णय गरेको थियो ।
बैठक सुरु भए लगत्तै नेता खनालले पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने घारणा राखेका थिए । उनी आफ्ना धारणा राखेर केहीछिनमै बाहिरिएका थिए ।
१३ चैत २०७७, शुक्रवार १७:३१ बजे प्रकाशित













