नेता नेपाल र रावललाई कारबाही गर्ने ओलीको संकेत, स्पष्टीकरण चित्त बुझेन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाही गर्ने संकेत गरेका छन् ।
शुक्रबार संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएका हुन् । यो कारबाहीको योग्य रहेको बताएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
बैठकमा ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुनेसमेत बताएका छन् ।
१३ चैत २०७७, शुक्रवार १८:०० बजे प्रकाशित













