प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा त्रिनगर नाकाको निरीक्षण

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहितको टोलीले कैलाली – कञ्चनपुरको सिमामा पर्ने त्रिनगर नाका गौरीफन्टाको स्थलगत निरीक्षण गरेका छन् ।

कोरोना सङ्क्रमण पुनः देखा पर्न थालेपछि सिमा नाकाको अवस्था बुझ्न टोली नाकामा गएका हुन । टोलीमा सुरक्षा निकायका प्रमुख, धनगढी उपमहानगरपालिकाका, रेडक्रस लगायतको सहभागिता रहेको छ । यस अघि सोही टोलीले धनगढी उपमहानगरपालिकाको कनरीमा रहेको आइसोलेसनको निरीक्षण गरेको थियो ।


१३ चैत २०७७, शुक्रवार १६:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु