कैलालीमा बस दुर्घटनामा परि मृत्यु भएका पुरुषको पहिचान अझै खुलेन

कैलालीमा बस दुर्घटना हुँदा मृत्यु भएका पुरुषको परिचय अझै खुल्न सकेको छैन।

आइतबार साँझ भएको पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजारस्थित ना ६ ख ७४६१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका पुरुषको परिचय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराए। मृतकका शव सेती प्रादेशिक अस्पतालमा राखिएको उनले बताए ।
धनगढीबाट काठमाडौंको लागि हिडेकोे खप्तड मालिका यातायातको बस आइतबार राति दुर्घटनामा परेको थियो।

दुर्घटना बसमा सवार २७ जना यात्रु घाइते भएका थिए। बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटनामा परेको यात्रुहरुले बताए ।


१० चैत २०७७, मंगलवार १०:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु