सुनको मूल्य घट्यो, कति छ तोलाको भाउ ?

बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ८७ हजारमा झरेको छ ।

सुन हिजो प्रतितोला ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ६० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


९ चैत २०७७, सोमवार ११:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु