भारतमा पुन: बढ्यो कोरोना संक्रमण, एकैदिन ४१ हजार जना संक्रमित

कोरोना भाइरसविरुद्धको खोप अभियान संचालन भैरहेको भएपनि भारतमा संक्रमण रोकिएको छैन । बिचमा केही कम भएको कोरोना संक्रमण अहिले फेरि ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४० हजार ९५० जनामा कोरोना संक्रमण भएको छ । सो अवधिमा कोरोनाका कारण १८९ जनाको मृत्युु भएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ५४ हजार ८९५ रहेको छ । १ लाख ५९ हजार ५५४ जनाले ज्यान गुमाएका छन् ।

यस्तै १ करोड ११ लाख ५ हजार १४९ संक्रमित निको भएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या २ लाख ९० हजार १५२ रहेको छ ।


७ चैत २०७७, शनिवार ०९:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु