बालुवाटार हिँडेका नेपाल पक्षका सांसद बाटैबाट फर्किए

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार हिँडेका नेकपा एमाले माधव नेपाल-झलनाथ खनाल पक्षका सांसदहरु बाटैबाट फर्किएका छन्।  

सानेपास्थित होटल हेरिटेज पार्टी प्यालेसमा बिहीबार बसेको नेपाल(खनाल पक्षका सांसदहरुको बैठकले बालुवाटार जाने निर्णय लिएको थियो। उक्त बैठकले यो समूहका शीर्ष नेताबाहेक अरु सांसदहरु बालुवाटार जाने निर्णय गरेको थियो ।
तर बैठकमा सहभागी केही सांसदहरुले शीर्ष नेताहरु चाहिँ नगएर आफूहरुलाई मात्रै बैठकमा पठाउन खोजेको भन्दै आक्रोश पोखेका थिए। उनीहरुले शीर्ष नेताहरु नगएर आफूहरुलाई मात्रै पठाउनु उचित नहुने भन्दै विरोध जनाएका छन्। 

नेपाल समूहमा रहेका सांसद झपट रावलले शीर्ष नेताहरुले अपरिपक्व निर्णय गरेर आफूहरुको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्‍याउने काम गरेको बताए। धेरै सांसदहरु सानेपाबाट बालुवाटार हिँडिसकेका थिए भने केही हिँड्ने तयारीमा रहेको
रावलले बताए ।ुहेरिटेजमा बैठकबाट बालुवाटार जाने निर्णय भएको थियो। तर शीर्ष नेताहरु आफू चाहिँ नजाने भनेर हाम्रो आत्मसम्मान चोट दिने काम भयोु, उनले भने, ुमाधव नेपाल(झलनाथ भनेर लाग्ने सांसदहरुको अपमान भएको छ।ु


५ चैत २०७७, बिहीवार १३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु