लागु औषध चरेशसहित कञ्चनपुरमा २ जना पक्राउ

लागु औषध चरेशसहित कञ्चनपुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ स्थित त्रिवेणी चोकबाट सोही ठाउँका ३४ वर्षीय कमल दौल्याल २० वर्षीय जीवन ऐरलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी गराए।

उनीहरुको चेकजाच गर्दा १ सय ५० ग्राम चरेश पनि बरामद गरिएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२१ फागुन २०७७, शुक्रवार १३:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु