सरकारमा दाहाल–नेपाल समूहलाई सहयोग गर्न सकिन्छ : कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकार गठनमा दाहाल–नेपाल समूहको नेकपालाई सघाउनुपर्ने बताएका छन्।

उनले वर्तमान राजनीतिक संकट समाधानका लागि कांग्रेस सरकारमा जान नहुने बताएका हुन्।

बिहीबार नेपाल प्रेस युनियन चितवन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न जानकारी गराए।

कांग्रेसले अरूलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उनले बताए ।

कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्ने वरिष्ठ नेता पौडेलले बताए ।

संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने कांग्रेसबाहेक अरूले भूमिका खेल्न सक्ने हैसियत नभएको उनले बताए ।
उनले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई कहिल्यै नचाहिने जानकारी ।


२० फागुन २०७७, बिहीवार १२:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु