Hotel Flora Long Ad

कोरोनाविरुद्धको खोप अभियान : धनगढीमा स्वयंसेविका परिचालन गरिने

धनगढी उप–महानगरपालिकाले कोराना (कोभिड–१९) विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउनका लागि घर–घरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ ।

सरकारले खोप लगाउनका लागि प्राथमिकतामा पारेका ब्यक्तिहरुलाई अनिवार्य खोप लगाउनका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने नगरप्रमुख नृपबहादुर वडले बताए । कतिपयमा कोभिड १९ विरुद्धको खोपका बिषयमा गलत बुझाई र भ्रम समेत रहेको बताउँदै नगरप्मुख वडले यसकारण घरघरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन परिचालन गरिने बताए ।

आफुले पहिलो खोप लगाएको बताउँदै नगरप्रमुख वडले भने, ‘केहि असर गर्दैन ढुक्कले खोप लगाउन अनुरोध गर्दछौं ।’

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले विश्व स्वास्थ्य संगठनले नै ढुक्क संग कोभिड १९ बिरुद्धको खोप लगाउन आग्रह गरिरहेकाले भ्रममा नपर्न सबैमा आग्रह गरिन । उनले भनिन्, ‘बरु खोप नै नलगाउदा खोजिम हुन्छ ।’

धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले कोभिड १९ बिरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविका सम्मलाई परिचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो भएको बताए ।


१९ फागुन २०७७, बुधवार १७:१७ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु