मोटरसाइकल र लागु औषधसहित १ जना पक्राउ

कञ्चनपुरमा मोटरसाइकल र लागु औषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका ६ मटयारी बस्ने वर्ष १८ वर्षीय बिबेक रानालाई प्रहरीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत बोडर आउट पोष्ट थापाचोकबाट खटिएको सीमा गस्ती टोलीले बेलौरी नगरपालिका वडा नं. १ फटियाबाट मोटरसाइकल र लागु औषधसहित रानालाइ सशस्त्र प्रहरीले जनाएको छ।

उनले चलाएको से ५ प ९०१७ नंम्बरको मोटरसाईकल शंकालागि चेकजाँच गर्ने क्रममा निजको साथबाट ६ ग्राम लागु औषध ब्राउन सुगर बरामद गरिएको हो।

यस्तै १ सय ४० नेपाली रुपैयाँ र रेडमी नोट ८ मोबाईल समेत बरामद गिर आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।


७ फागुन २०७७, शुक्रवार ११:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु