punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड–नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

Chaupati
safha napa

नेकपा (प्रचण्ड–नेपाल समूह)ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। अब सबै स्थानीय तहका वडावडासम्म विरोधका कार्यक्रम गर्ने जानकारी गराइएको छ।

प्रचण्ड–नेपाल समूहले ५ देखि १२ फागुनसम्म प्रदेश कमिटीको समन्वयमा जिल्ला जिल्लामा प्रदर्शन गर्ने भएको छ। त्यस्तै, ६ फागुनमा काठमाडौंको टुँडिखेल वरिपरि मानव साङ्गलो बनाएर विरोध जनाउने भएको छ।

यसैगरि ७ फागुनमा सबै स्थानीय तहका वडावडामा प्रदर्शन गरिने छ भने ७ देखि १५ फागुनसम्म प्रतिनिधि सभा विघटनको विरोधमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गर्ने तय गरिएको छ।

महिलामाथिका हिंसा तथा बलात्कारको विरोधमा ९ फागुनमा देशव्यापी रुपमा महिला मोर्चाको प्रदर्शन गर्ने भएको छ। त्यस्तै, १० फागुनमा दलित मोर्चाको र ११ फागुनमा मधेशी, आदिवासी, जनजाति, मुस्लिम, थारु, पीछडिएको क्षेत्रको प्रदर्शन हुने भएको छ।

त्यसपछि देशका प्रमुख शहरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। १२ फागुनमा चितवनमा र २१ फागुनमा दाङ, जनकपुर, नेपालगन्जलगायतमा शहरमा प्रदर्शन गरिने नेकपाले जनाएको छ।

त्यस्तै, काठमाडौंमा १४ फागुनमा युवाको र्‍याली र १५ फागुनमा किसान र सुकुम्बासी मोर्चाको प्रदर्शन हुने कार्यक्रम तय गरिएको छ।


२ फागुन २०७७, आइतवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु