कैलालीमा नवजात शिशुको शव फेला

कैलालीमा नवजात शिशुको बेवारिसे शव फेला परेको छ ।
जिल्लाको गोदावरी नगरपालिका –७ नवजात शिशुको बेवारिसे शव फेला परेको हो ।

खानेपानी ट्याङ्की पछाडीको आमा समूहको नर्सरीमा आईतबार दिउँसो शिशुको शब फेला परेको स्थानिय अमर राज पाठकले बताए । स्थानियले अवैध गर्भबाट जन्मेको बच्चा फालेको हुनसक्ने आशंका गरेका छन ।

अहिले ईलाका प्रहरी कार्यालय मालाखेती र वडेहा प्रहरी चैकीबाट खटिएको प्रहरी टालीले घटनाको अनुसन्धार गरिरहेको उनले बताए । घटनाको विस्तृत विवरण आउन बाकी रहेको ईलाका प्रहरी कार्यालय मालाखेती जनाएको छ ।


२ फागुन २०७७, आइतवार १६:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु