कर्णाली नदीमा महिलाको शव फेला

कैलालीमा कर्णाली नदी किनारमा महिलाको शव फेला परेको छ।

जिल्लाको मोहन्याल गाउँपालिका–७ कुहिनेस्थित कर्णाली नदीमा पानीमा तैरिरहेको अवस्थामा बुधबार महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।

प्रहरी टोलीले नदीबाट शव निकालेर परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ। शव मोहन्याल गाउँपालिका–७ कै अन्दाजी ५५ वर्षीया मैना दमाइको रहेको प्रहरीले जनाएको छ ।

मानसिक अवस्था ठीक नभएकी दमाइले नदीमा हाम फालेको हुनसक्ने आशंका गरिएको छ । घटनाबार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२९ माघ २०७७, बिहीवार १०:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु