रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो, नभए पक्राउ गर्ने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि कार्यालय बोलाएको जानकारी दिए । झाँक्री उपस्थित नभएमा पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ ।

केही दिनअघि झाँक्रीले गोरखा पुगेर संसद विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई शितलनिवासबाट निस्केर बालकोट जान भनेकी थिइन् ।

त्यस्तै उनले बुधबार राजधानीमा आयोजित प्रचण्ड नेपाल समूहको विरोध सभामा पनि राष्ट्रपति भण्डारीविरुद्ध अभिव्यक्ति दिएकी थिइन् ।

 


२९ माघ २०७७, बिहीवार ११:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु