punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

Chaupati
safha napa

रुपन्देहीको कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया सरस्वती हरिजनको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भएको थियो। उक्त घटनामा सन्दीपकुमार धोवीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। अभियुक्त धोवी जेल जीवन बिताइरहेका छन्।

तर, कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषीलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन। ०७५ साउन १० गतेको उक्त घटनाले सडकदेखि सदनसम्म तताएको थियो।

यस्तै, बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको पनि बलात्कारपछि हत्या भएको छ। तर, घटनाको पाँच दिनसम्म पनि सुराक नभेटिएपछि निर्मला प्रकरणजस्तै होला कि भनेर आशंका उब्जिएको छ।

यी तीन घटनाजस्तै पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्।

०७०र७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६र७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।अन्नपूर्ण पोष्टमा खबर छापिएको छ।


२६ माघ २०७७, सोमवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु