पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण, २७२ निको भए
पछिल्लो २४ घण्टामा देशभर थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९९ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित १०५ जनामध्ये वाग्मती प्रदेशमा ६५, लुम्बिनीमा २१, गण्डकीमा ११, प्रदेश १ मा ४, सुदूरपश्चिममा २, कर्णाली र प्रदेश २ मा १÷१ जना संक्रमित भेटिएका छन् ।
जसमध्ये काठमाडौंमा मात्रै ४३ जना संक्रमित फेला परेका छन् । यस्तै, ललितपुरमा १२ र भक्तपुरमा ३ जना रहेका छन् । त्यस्तै चितवनमा ५ जना, कास्कीमा ९ जना, दाङमा ७ जना र रुपन्देहीमा ४ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
यससैगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । हालसम्म २ लाख ६७ हजार ५६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या २७२ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म २ हजार ३५ जनाको मृत्यु भएको छ ।
२३ माघ २०७७, शुक्रवार १७:४२ बजे प्रकाशित













