punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बन्चरो प्रहार गर्दै खुकुरीले घाँटी रेटेर दाजूको हत्या

Chaupati
safha napa

सिन्धुलीमा घरायसी विवादमा भाइले बञ्चरो प्रहार गरि खुकुरीले घाटी रेटर दाजुको हत्या गरेका छन्।

जिल्लाको मरिण गाउँपालिका वडा नं। ३ मथौलीका गणेश भनिने मानबहादुर बम्जनले आफ्नै दाजु ४८ वर्षिय चेतबहादुर बम्जनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विहीबार दिउँसो बाबुआमासँग आफ्नै घरमा आएर बसेका दाजुलाई घरमा जा मेरो घरमा किन आएको भन्दै भाइले लखेट्न खोजेको र नगएपछि पछाडीबाट बञ्चरोको पासोले हिर्काएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष पोखरेलअनुसार दाजुभाइ मदिरा सेवन गर्ने र दैनिक जग्गाका निहुँमा झगडा गरिरहने गर्दथे ।

दाजुको हत्या गरेको आरोपमा भाईलाई मरिण-३ मथौलीमा रहेको आफ्नै घरबाट राती पक्राउ गरिएको पोखरेलले बताए । उनका अनुसार शुक्रबार म्याद थप गरि अनुसन्धान थालिने भएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ ।

 


२३ माघ २०७७, शुक्रवार ११:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु