कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक गर्न सुरु

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि कार्यक्रम आजदेखि सञ्चालनमा ल्याइएको हो ।

कार्यालयका प्रमुख उदयराज जोशीका अुसार “माघ १६ देखि २१ गतेसम्म जिल्लाका नौवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन गरेका छौँ” । उनले माघ १५ गते नगरपालिका वा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशनको कार्य भइसकेको बताए ।

कार्यक्रम झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा यही माघ १६ र १७ मा उजुरी दिन सकिने व्यवस्था गरिएको उनले बताए । निर्धारित मितिमा सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनुहुन सूचना जारी गरिएको उनले जानकारी गराए ।

मतदाता नामावली अद्यावधिक गर्न कार्यालयले राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखसित छलफल गरिसकेको छ । कार्यालयले छलफलपछि गरी कार्यक्रम अगाडि बढाइएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई लाख ७७ हजार ५९ जना मतदाता रहेका उनले बताए।

एक सय ३२ मतदानस्थल रहेको कञ्चनपुरमा ३३० मतदान केन्द्र रहेका छन् । मतदान केन्द्र पुनरावलोकनको कार्यसमेत निर्वाचन कार्यालयले गरेको छ । एक हजार मतदात नबढ्ने गरी मतदान केन्द्र र सात हजार मतदाता नबढ्ने गरी मतदानस्थल निर्धारण गरेको उनले बताए । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणाअनुरुप कार्यक्रम सञ्चालन गरिएका छन् ।


१६ माघ २०७७, शुक्रवार १३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु