बैतडीमा थप १० टावर फोरजी सेवा विस्तार हुने

बैतडीमा चालु आर्थिक बर्षमा थप १० ओटा टावरमा फोरजी सेवा विस्तार गरिने भएको छ । नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्रसिंह कार्कीले नागरिकको इन्टरनेट सेवामा पहुँच पु¥र्याउनका लागि फोरजी सेवा विस्तार गर्न लागिएको बताए ।

अहिले जिल्लाका विभिन्न ठाउँमा रहेका २२ टावर मार्फत फोरजी सेवा सञ्चालनमा रहेको उनले बताए । चालु आर्थिक बर्षमा पाटनको ठाँड,मानिकाखान, वसन्तपुर टावरबाट फोरजी सेवा सञ्चालन हुनेछ ।

कार्यालयका प्रमुख कार्कीले दोगडाकेदारको कटौजपानी, पुर्चौंडीको हाट, सुर्नयाको धुरा, सिगासको गुगुल्टे,डिलाशैनीको मठैराज, दशरथचन्द नगरपालिकाको झुलाघाट र गोठलापानी बजारबाट फोरजी सेवा सञ्चालन हुने बताउदै फोरजी सेवा अहिले इन्टरनेट सेवामा पहुँच बढाउनका लागि विस्तार गर्न लागिएको उनले बताए ।

जिल्लाभरी अहिले टेलिकमका २९ ओटा टावर रहेका र १० टावर छिट्टै सञ्चालनमा आउने उनले जानकारी गराए।


१६ माघ २०७७, शुक्रवार १४:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु