धनगढीमा करिब ३० लाखको लगानीमा निःशुल्क महाप्रस्थान यान सञ्चालन हुँदै

धनगढीमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा आउने भएको छ । बिहिवार व्यवसायी गोपाल हमालले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको बताए ।
कुनै पनि सवारी साधनले त्यो पाथिक शरीर शुल्क दिँदा पनि बोक्न नमान्ने भएकाले त्यसको समस्या लाई समाधान गर्नका लागि आफूले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको व्यवसायी हमालले जानकारी गराए ।
व्यवसायी हमालले धनगढी उपमहानगरपालिका भित्रका बासिन्दाहरू लाई निःशुल्क रूपमा सञ्चालन गर्न उद्देश्यले यो महाप्रस्थान यान सञ्चालनमा ल्याएको बताए ।
चालु आर्थिक वर्ष भित्रै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने उनले दाबी गरे । निःशुल्क महाप्रस्थान यान सञ्चालनको लगानी ३० लाख रुपैयाँ रहेको व्यवसायी हमालले बताए ।
८ माघ २०७७, बिहीवार १४:०२ बजे प्रकाशित