प्रचण्ड–माधव समूहका ७ जना कार्यकर्ता प्रक्राउ

ओली समूहको कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रचण्ड–माधव समूहका ७ जना कार्यकर्तालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेकपा (ओली समूह) ले सप्तरीमा गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रचण्ड–माधव समूहका सातजना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल र्याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले बिहीबार बिहान प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादवलगायतलाई पक्राउ गरेको हो ।
८ माघ २०७७, बिहीवार १३:०१ बजे प्रकाशित