punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बंगलादेशले चीनबाट मल ल्याएर नेपालमा निर्यात गर्ने

Chaupati
safha napa

बंगलादेशले चीनबाट रासायानिक मल ल्याएर नेपालमा निर्यात गर्ने भएको छ। न्युजएजको अनलाइन संस्करणमा छापिएको एक समाचारअनुसार चीनबाट आएको मल बंगलादेशमा प्याकेजिङ गरेर निर्यात गरिने भएको हो।

यसरी नेपालमा मल पठाउनका लागि बंगलादेशको राष्ट्रिय राजश्व बोर्डले पुनःनिर्यातको अनुमति दिइसकेको छ। यसमा बंगलादेशमा १० प्रतिशत मूल्यअभिबृद्धि हुने बताइएको छ।

बंगलादेशले २९ हजार ५ सय टन मल पठाउने छ।
बोर्डले दिएको अनुमतिअनुसार चीनबाट रेलमार्ग हुँदै ल्याएको मल बंगलादेशमा उत्पादन भएका ब्याग (बोरा)मा प्याक गरेर पठाइने छ।

नेपाल पठाउने मलमध्ये १२ हजार ३ सय टन मल चीनबाट बंगलादेश पुगिसकेको छ। बाँकी १७ हजार २ सय टन भने आउने क्रममा छ।

नेपाल सरकारले बंगलादेश सरकारसँगको सम्झौताअनुसार मल ल्याउन लागेको हो । ठेकेदारले मल ल्याउन नसक्दा वर्षे बाली प्रभावित भएपछि सरकारले सरकारी सम्झौताबाट मल ल्याउने प्रक्रिया थालेको थियो। यो समाचार सेतोपाटी लिएको हो ।


८ माघ २०७७, बिहीवार ११:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु