Alok

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा वृद्धि भएको छ ।

केहीदिनयता बढ्दो क्रममा रहेको छापावाल सुन अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँ बढेर तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको हो । बुधबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


८ माघ २०७७, बिहीवार ११:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु