Alok

सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना 

तराईका अधिकांश भू–भागमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ ।

धेरै ठाउँमा रहेको हुस्सु र कुहिरो अपरान्हसम्म हटे पनि केही स्थानमा साँझसम्म लागिरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कुहिरो र हुस्सुका कारण तापक्रममा केही गिरावट आउन सक्ने छ । चिसोबाट बच्न आवश्यक सतर्क हुन मौसिमविद् विभूति पोखरेलको आग्रह छ ।

उनका अनुसार विहान देशको पहाडी भू–भागमा आंशिक बदली  रहेको छ भने देशका तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

प्रदेश १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात र प्रदेश १ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ५।५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ५।५ डिग्री सेल्सियस मापन गरिएको हो ।

मौसमविल् विभुती पोखरेलका अनुसार आज दिउँसो काठमाडौं उपत्याकाको तापक्रम १६–१८ डिग्री सेल्सियस पुग्ने छ ।


२ माघ २०७७, शुक्रवार ०८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु